अरिंगालले टोक्दा एकै परिवारका २ को मृत्यु, ३ घाइते

Telecom

बझाङ । बझाङमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्लाको थलारा गाउँपालिका–२ डोरगाउँका तीन वर्षीय सुरबीर खाती र पाँच वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् । त्यसैगरी घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा रहेको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए । उनका अनुसार घाइतेहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिंगालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए । तिहारको समयमा भएको यो घटनापछि डोरगाउँ शोकमा डुबेको उनले बताए ।

adb bank long