सामान्य बिवादमा चक्कु प्रहार हुँदा एकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीले चक्कु प्रहारमा सङ्लग्न भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जनाएको छ । व्यास नगरपालिका वडा नम्बर १० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। व्यासमा विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति काम भइरहेको थियो। उनीहरु सोही सडक मार्ग निर्माणमा संलग्न थिए।

प्रोटोन एजुकेसन
adb bank long