२५ जना सवार देउसी भैलोको गाडी दुर्घटना हुँदा १० घाइते

बुटवल । नवलपरासी(सुस्ता पश्चिम)मा देउसी भैलो खेल्न जाँदै गर्दा भएको गाडी दुर्घटनामा १० जना घाइते भएका छन्।

जिल्लाको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकखण्डमा गुडरियाबाट नर्सहीतर्फ २५ जना बोकेर जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी बाटोमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई बाटाछेउमा पल्टिँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ता पठाएको नवलपरासी प्रहरीले जनाएको छ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यस्तो छ, घाइतेहरूको विवरण :-
१) जिल्ला नवलपरासी सुस्ता गापा-२, गुदारिया बस्ने वर्ष १६ की सृस्ति मुखियाको बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम।

२) सुस्ता गापा-२, गुदारिया बस्ने वर्ष अन्दाजी वर्ष १९ की मन्जु महत्तोको शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम।

३) सोही स्थान बस्ने वर्ष २१ को रेखा महतो दुवै खुट्टामा चोट, अवस्था मध्यम

४) वर्ष २१ को बैजनाथ गुप्ता हातमा चोट, अवस्था मध्यम।

५) जितराम मुखियाकी छोरी वर्ष १४ की लक्ष्मी मुखिया, अवस्था सामान्य।

६) वसन्त मुखियाको छोरी  वर्ष १६ की वर्षा मुखियाको दुवै हात खुट्टामा चोट, अवस्था सामान्य।

७) डिल्ली मुखियाकी छोरी वर्ष १८ की कविता मुखिया, अवस्था सामान्य।
८) राजुकुमार मुखियाकी छोरी वर्ष १५ की तिलकुमारी मुखिया, अवस्था सामान्य।
९) वर्ष २३ को विवेक चौधरीको हात र ढाडमा चोट, अवस्था सामान्य।
१०) सीता मुखियाको छोरा वर्ष १३ की इशान्त मुखिया, दाहिने हातमा चोट, अवस्था सामान्य।

प्रोटोन एजुकेसन
adb bank long