आज भाइटिकाको दिन यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौ । हिन्दू धर्माबलम्बीहरूको दोस्रो ठुलो महान् चाड भाईटिका(तिहार) का दिन आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आइतबार राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

मौसमविद्का अनुसार एक-दुई स्थानभन्दा थोरै स्थान अलि बढी तथा थोरै स्थानभन्दा केही स्थान अझ बढी ठाउँ भनेर बुझ्नु पर्छ ।

प्रोटोन एजुकेसन
adb bank long