कीर्तिपुरमा २०७४ को नतिजा फर्काउने तयारी सहित एमालेले बनायो मानन्धरलाई मेयरको उम्मेदवार

Telecom

काठमाडौ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर(प्रमुख)मा नेकपा एमालेले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेको स्थानीय कमिटीले डा. मानन्धरलाई मेयरमा उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको एमाले बागमती प्रदेशका इन्चार्ज एबं स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन्।

नेकपा एमाले केन्द्रीय सदस्य मानन्धरलाई प्रमुखको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरिएको छ । सर्वसम्मत सिफारिस भएकाले एमालेबाट मानन्धर उम्मेदवार बन्ने पक्का भएको छ ।

यस अघिका कीर्तिपुर नगरपालिका प्रमुखमा निर्वाचित भएका राजनकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित नकर्मीको मिर्गौलाको रोगका कारण ज्यान गएको थियो ।

मानन्धनर एमालेको काठमाडौँ क्षेत्र नम्बर १० को इन्चार्ज समेत हुन् । उनी एमाले विभाजनको समयमा केही समय अलमलिएका कारण गत प्रतिनिधिसभा निर्वाचनमा टिकटबाट बञ्चित भएका थिए । सम्भवतः एमालेले कीर्तिपुरको गुमेको वर्चश्व फर्काउनका लागि डा. मानन्धरलाई नै अन्तिम उम्मेदवार समेत बनाउने छ ।

२०७४ सालको निर्वाचनमा एमालेले भारी मतले नेतृत्व गरेको कीर्तिपुरको मेयर २०७९ को निर्वाचनमा गुमाएको थियो । यो उपनिर्वाचन मार्फत एमालेले २०७४ कै नतिजा फर्काउने तयारी गरिरहेको छ ।

adb bank long