‘यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार दाजुभाइ दिदीबहिनी बिचको सम्बन्ध बढाउने पर्व मात्र नभएर मानिस र पशुपन्छी बिचको सम्बन्ध पनि बढाउने पर्व भएको बताएका छन्।

दीपावलीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस पर्वले पशुपन्छी र मानिसको सम्बन्धलाई पनि बढाउने उल्लेख गरेका छन् । तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गरेपछि भाइटिका लगाइने भएकोले प्रधानमन्त्रीले यो पर्वलाई मानिस पशुपन्छीको पनि सम्बन्ध बढाउने पर्व भनि उल्लेख गरेका हुन् ।

प्रधानमन्त्रीले तिहारलाई दीपको उज्यालो र फूलको सुगन्धको पर्वको रूपमा टिप्पणी गरेका छन् । ‘यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्रीले शुभकामना दिँदै लेखेका छन्– ‘यसले पशुपन्छी र मानिसको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउँछ, आज तिहारको लक्ष्मीपूजा, सबैको घर–आँगन उज्यालो होस्, सबैको परिवारमा सुख शान्ति छाओस्, शुभकामना ।’

adb bank long