टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा मंगलवार सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएका हुन् । उनले उपकरण र प्रविधिका लागि कुनै सहयोग आबश्यक परेमा सरकारले गर्ने विश्वास दिँदै प्रतिस्पर्धी भावनाका संस्थाको साख माथि उठाउन आग्रह गरेका छन् ।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको रु एक करोड २ लाख ७० हजार रकमको विवरणपत्र  हस्तान्तरण गरेकी थिइन् ।

adb bank long