कास्की र पर्बत जोड्ने भुरुङ्दी खोला पुल ९ बर्षदेखि अलपत्र

पोखरा । जिल्ला समन्वय समिती(जिसस) कास्कीको टोलिले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ८  र पर्बत जिल्लाको मोदि गाउँपालिका वडा १  जोड्ने भुरुङ्दी खोला पुल आयोजनाको स्थलगत अनुगमन गरेको छ।

जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल , अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के सि , कास्कीका समन्वय अधिकारी नवराज बराल ,सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बास्तोला सहित प्राबिधिक इन्जिनियर ,निर्माण ब्यबसायी सम्मिलित टोलिले अनुगमन गरेको हो।
सडक डिभिजन कार्यालय बागलुङ मातहतमा  करिब ९ बर्ष अगाडि सम्झौता भए पनि हालसम्म करिब चालीस प्रतिशत काम समेत सम्पन्न हुन सकेको छैन।

भर्खरै सडक डिभिजन कार्यालय कास्कीको मातहतमा हस्तान्तरण भए लगत्तै निर्माण कार्य अगाडि बढाउन पहल कदमस्वरूप सो अनुगमन गरिएको र छठ पर्व लगत्तै समन्वय बैठक मार्फत समाधानको उपाय खोजेर तत्काल निर्माण कार्य अगाडि बढाउने सहमति भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए।

मृत सन्जिबनी निर्माण कम्पनीले निर्माण कार्य शुरु गरेर हाल निर्माण कार्य प्राय ठप्प सो पूल सडक डिभिजन कार्यालय बागलुङमा ०७२- ८-८ मा सम्झौता भएर साढे दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि हाल सम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।

४० मिटर लम्बाइको दुई लेनको सो पूलको कुल लागत अनुमान ८ करोड ८८ लाख र   ६ करोड मा निर्माण सम्झौता भएको  सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बास्तोलाले जानकारी दिए।

प्रोटोन एजुकेसन
adb bank long