पोखरा । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्व डीआईजी छबिलाल बञ्जाडे जोशी र लिला पछाईंलाई समेत आज एकसाथ प्रहरीले म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ।
सूर्यदर्शन सहकारी ठगी अभियोगमा गोर्खा मिडिया आबद्ध जोशीलाई गत असोज ६ गते र लामिछानेलाई यही कार्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरी सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पछाईँ गत असोज १३ गते पक्राउ परेकी थिइन् ।
जोशीलाई रूपन्देहीको सुप्रिम सहकारीको ठगी अभियोगमा बयानका लागि बुटवल लगेर ल्याइएको छ भने लामिछानेलाई पोखराको बयान सकेर लैजाने तयारी भइरहेको बुझिएको छ ।
यता रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा दिनहुजसो प्रदर्शन गरी राखेका छन्। दिनहुँजसो रविका समर्थक र प्रहरीबीच पोखरामा घम्साघम्सी पर्दै आएको छ।
अहिले पनि पोखराको सडकमा रविका समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ।
कास्की प्रहरीको हिरासतमा रहदा रवि र छबि गार्डको क्वार्टरमा बस्ने गरेको बुझिएको छ ।