छ उपसचिवको सरूवा, को कहाँ पुगे ?

Telecom

काठमाडौ । गृह मन्त्रालयले ६ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले बुधवार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो ।

स्रोतका अनुसार गृह मन्त्रालयका उपसचिव तेज राज शर्माको इलाका प्रशासन कार्यालय सिमरा, बारा, खिमलाल भुसालको कारागार कार्यालय, पर्सा, देवी पाण्डे खत्रीको जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।

यसैगरी गृहकै उपसचिव विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीलाई इलाका प्रशासन कार्यालय धरान सुनसरी र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको जानकारी प्राप्त भएको छ ।

अधिकृतदेखि उपसचिवस्तरका कर्मचारीलाई महिनौँदेखि जिम्मेवारी नदिई राखिएको विषयमा चौतर्फी आलोचना भएसँगै मन्त्रालयले व्यवस्थापन शुरु गरेको हो । मन्त्रालयले केही दिनयता बरन्डा खाली अभियान शुरु गरेको बुझिएको छ ।

adb bank long