प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कति रकम भयो जम्मा ?

Telecom

काठमाडौ।  गत असोज ११ र १२ गते परेको मुसलधारे बर्षासंगै आएको बाढीपहिरो र डुबानका कारण सयौं मानिसको ज्यान गएको थियो भने अरबौं रकम बराबरको भौतिक क्षति भएको थियो । सो घटनासंगै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको स्थापना गर्ने र सहयोगी दाताहरूबाट रकम जम्मा गरि तत्कालका लागि राहत र पुनर्निर्माण अगाडी बढाउने योजना बनाएको थियो ।

सोही अनुसार उक्त कोषमा हालसम्म एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । यद्यपि यो विवरण यही कात्तिक ४ गतेसम्मको मात्र हो।

उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ।

सरकारले उक्त रकम बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित र प्रभावित क्षेत्र समेत घोषणा गरेको छ।

प्रोटोन एजुकेसन
adb bank long