वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक सङ्केत देखिएका छन् : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक निकासको लागि कांग्रेस र एमालेले सहकार्य गरेका बताएका छन् ।

नेकपा एमाले स्कुल विभागद्वारा हुम्लाको सिमिकोटमा अयाोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले अस्थिरता, भ्रष्टाचार र अर्थतन्त्रमा आएको शिथिलताबाट मुलुकलाई निकासा दिन एमाले र कांग्रेस मिलेर सरकार बनाएको बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता दिने दाबी गरे ।

नयाँ सरकार बनेपछि केही सकारात्मक सङ्केत देखिएको उनले स्पष्ट पारेका छन् । ‘वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक सङ्केत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ’, उनले भने ।

कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको उनको धारणा छ । २०४६ को आन्दोलन संविधान संशोधन, विभिन्न निर्वाचनदेखि  माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधान निर्माण लगायतका विषयमा दुई पार्टी मिलेको उनले स्मरण गराएका छन् ।

adb bank long