रवि प्रकाउको विरोधमा रास्वपाको नारावाजी, निषेधाज्ञा तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल

Telecom

पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको बिरोधमा समर्थकले प्रदर्शन गरेसंगै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र तोकेको थियो । तर रास्वपाले सो निषेधित क्षेत्रमा प्रदर्शन गरेसंगै अहिले पोखरा तनाबग्रस्त बनेको छ ।

आज सभापतिलाई कास्की प्रहरीले अदालत पेश गर्दै छ । सोही अवसरमा प्रदर्शनकारीले कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको ठाँउमा प्रदर्शन गरिरहेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ ।  रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र ताेकिएकाे थियाे ।

प्रोटोन एजुकेसन
adb bank long