काठमाडौ । नेपालले अमेरिकाविरुद्धको टी–२० आई क्रिकेट सिरिजअन्तर्गत आज आइतवार बिहान दोस्रो खेल खेल्दै छ । नेपाल एक खेलअघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल आइतवार बिहान ५ः४५ बजे शुरू हुनेछ ।
पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने यो खेलमा भने समावेश हुने बताइएको छ ।