काठमाडौ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलका नेताहरूको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ।
बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल हुने बुझिएको छ ।
बैठकमा प्रचण्ड सहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन्।
यस्तै, रास्वपा सभापति रवि लामिछानेसहित आधा दर्जन नेताहरू बैठकमा उपस्थित छन् ।