बाके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायी बाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् ।
बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले नेकपा एमालेको केन्द्रीय कार्यालयका लागि १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन् ।
´उनले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो ।` महासचिव पोखरेलले भने,´हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।`
मिनहादुर गुरूङ सँग जग्गा सहयोग लिंदा कुनै अदृश्य सम्झौता नगरेको दावी गर्दै महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताएका हुन् । एमालेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको बिषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।