पश्चिमी वायुको प्रभावले देशैभरको मौसममा बदली, यी स्थानमा बर्षाको सम्भावना

Telecom

काठमाडौ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभावसँगै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले यतिबेला देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा महाशाखाले जनाएको छ।

आज बुधवार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

adb bank long