हात्तीको आक्रमणबाट घाँस काट्न गएका ठोकरको मृत्यु

बारा। बाराको कोल्हबी नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ निवासी ६३ वर्षीय हस्त बहादुर ठोकर सोमवार बिहान घाँस काट्न गएको बेला हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

घाँस काट्न गएका ठोकर अबेरसम्म घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्ने क्रममा साँझ उनी मृत अवस्थामा फेला परेका थिए।

मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

केही दिन अगाडि कोल्हवी नगरपालिका-२ मै एउटा हात्ती करेन्ट लागेर मृत अबस्थामा फेला परेको थियो।

प्रोटोन एजुकेसन
adb bank long