विकासमा राजनीतिक सहमती आवश्यक : महासचिव पाेखरेल

Telecom

दाङ । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेकाे बताएका छन् ।

जिल्लास्थित आफ्नो गृहवडामा आयाेजित अगुवा कार्यकर्ता भेलामा महासचिव पाेखरेलले जनतालाई आशाकाे सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै सो कुरा बाएका हुन् । उनले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएकाे भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गरेका छन्।

महासचिव पाेखरेलले केपि शर्मा ओली नेतृत्वको सरकारले विकासका माध्यमबाट जनताकाे जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपातिमा नयाँपन, पूर्वाधार निर्माण ,राेजगार सिर्जना गर्ने काम अघि बढाएकाे बताएका छन्।

उनले फरक प्रसङ्गमा घाेराही तुलसीपुर सडकखण्डमा रहेका  खाेलामा फाेरलेनकै पुल निर्माण सुरु भएकाे र फाेरलेन सडककाे पुन ठेक्का प्रक्रिया अघि बढेकाे बताएका छन् ।

adb bank long