बोरामा पोको पारेर फालेको अबस्थामा १४ बर्षीया किशोरीको शव फेला

Telecom

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक किशोरीको शव प्लाष्टिकको बोरामा पोको पारेर फालिएको अबस्थामा भेटिएको छ ।

फेला परेको शव सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

हिजो (शुक्रबार) राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लाष्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ । राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाइ छ ।

कोशोरीको बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् ।  तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै  घटनाबारे विस्तृत खुल्ने बताएको छ ।

प्रहरीले आरतीको शरीरमा कुनै चोट पटक नदेखिएको बताएको छ । डडेल्धुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ ।  तर, उनको परिचय भने खुलाएको छैन । प्रहरीले आज बिहान शव उठाएर पोष्टमर्टमका लागि डडेल्धुरा अस्पताल पठाएको जनाएको छ ।

adb bank long