काठमाडौ। हिन्दु धर्माबलम्बीहरूको महान चाड बडादशैँको अवसरमा उपत्यका छाडेर गाउँ फर्किनेको संख्या गतबर्ष भन्दा ५ लाखले घटेको छ ।
विभिन्न जिल्लाबाट काठमाडौमा आई विभिन्न पेशा , व्याबसाय र अध्यायन अध्यापन गराउनेहरू दशैँ बिदामा आफ्नै गृह जिल्ला फर्किने गर्दछन् । यसबर्ष यही असोज ११ र १२ गते परेको मुसलधारे बर्षासंगै आएको बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरू भत्केका कारण काठमाडौं उपत्यकाबाट १३ लाख मानिस मात्र बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिएका छन् ।
उनका अनुसार गतबर्ष दशैँको नमवीसम्म १८ लाख मानिसले उपत्यका छाडेका थिए ।
“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौं”, उनले भने, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्। यो आज विहानसम्मको संख्या हो ।”