प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

Telecom

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा  दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवँरले पाँच लाख ५५ हजार पाँच सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेकी छन्।

प्रोटोन एजुकेसन
adb bank long