बजार अनुगमन टोलीसंगै वाणिज्य मन्त्री भण्डारी पुगेपछि ब्यापारीको भागाभाग

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको छ । विभागले १ महिनाको अवधीमा १ हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ ।

विभागले आइतबार काठमाडौको कालिमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुगेका थिए ।

अनुगमनका क्रममा अस्वभाविक महंगी र व्यापारमा अनियमितता देखिएपछि केहि पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा व्यापारीले खरिद मुल्यभन्दा अत्याधिक नाफा राखेर सामान बिक्रि वितरण गरेको पाइएको छ भने, बिलबिजक बिनै कारोबार गरेको पाइएको छ । केहि तरकारी र मासुजन्य पसलहरुमा सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ ।

माछामासु अव्यवस्थित रुपले फ्रीजिङ गरिएको तथा सरसफाईमा ध्यान नदिएको पाइएको हो । अनुगमन टोलि जाँदा व्यापारीहरु पसल बन्द गरी भाग्ने र अनुगमन टोलीलाई असहयोग गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

अनुगमनका क्रममा बजारमा भेटिएका उपभोक्ताहरुले खरिद मुल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्रि गरी उपभोक्ता ठग्ने कार्य भैरहेकाले यस्ता व्यापारीलाई कारवाही गर्न माग गरेका छन् । मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरुमा अनुगमन गरि तत्काल कारवाही गरिरहेको बताएका छन् ।

उनले बर्षाका कारण श्रृजित प्राकृतिक विपदको पीडा भोगिररेका उपभोक्ता नठग्न व्यवसायीहरुलाई आग्रह गरेका छन् भने, अस्वभाविक ढंगले कानुन विपरित व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई कारवाहीगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long