दशैँका लागि काठमाडौबाट कति मानिस बाहिरिए ?

काठमाडौ । यही असोज ११ र १२ गते परेको मुसलधारे वर्षापछि बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा पनि दशैँ मनाउन पुर्ख्यौली थातथलोमा फर्किन खोज्नेहरू काठमाडौँ उपत्यकामा बाल्लै भेटिएका छन् ।

पछिल्लो एक हप्ता असोज १४ गतेदेखि आइतवार असोज २० गतेसम्ममा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

असोज १९ गते शनएवार साँझ ६ बजेबाट आइतबार बिहान ६ बजेसम्म मात्रै जम्मा १६ हजार ४६५ जना बाहिरिएका छन् ।

सो अवधिमा ७ हजार १८ जना उपत्यकामा भित्रिएका छन् । असोज १४ पछि २ लाख ६० हजार ६२९ जना उपत्यका भित्रिएका छन् । उपत्यका भित्रिन चाहने करिब ५ सय सवारी साधनमा कभ्रेपलाञ्चोकको रोशीखोलामा रोकिएका छन् ।

काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुंगामा सवारी आउने र जाने चाप बढेको छ । भक्तपुरको जगातेबाट दोलालघाट र काभ्रेको भकुन्डेतर्फ जाने सवारी मात्रै छुटेका छन् ।

वीपी राजमार्ग अवरुद्ध भएको हुनाले जगातेबाट थोरै सङ्ख्यामा सवारी बाहिरिने गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । चित्लाङ र रामकोट तर्फबाट साना सवारी साधन बाहिरिएका छन्।

दक्षिणकालीस्थित फर्पिङको सडक अवरुद्ध हुँदा त्यसतर्फ सवारी आवागमन रोकिएको छ । टोखाबाट नुवाकोटतर्फ जाने नाका निर्बाध रुपमा चलिरहेको छ ।

प्रोटोन एजुकेसन
adb bank long