प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो बिषयमा ध्नानाकर्षण गराएको हो । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिएका छन् । माओवादीले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको समेत स्पष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीले विपदका घटना न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने बताएका छन् । ओलीले यसको अगुवाई सरकारले गर्ने बताएका छन् ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।

प्रोटोन एजुकेसन
adb bank long