एकीकृत समाजवादीमा रोकिएन पहिरो : केन्द्रीय परिषद् सदस्यसहित प्रदेश कमिटिका नेता एमालेमा फिर्ता

Telecom

बुटवल । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी छाड्ने क्रम बढ्दो छ । कपिलबस्तुमा समाजवादीका केन्द्रीय परिषद् सदस्य लगायत प्रदेश कमिटीका नेताहरू एमालेमा फर्केका छन्।

शुक्रबार  शिवराज नगरमा आयोजित कार्यक्रममा समाजवादीका केन्द्रीय परिषद् सदस्य छविलाल शर्मा लगायतका नेताहरू एमाले फर्केका हुन् । उनीहरूलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले एमालेमा स्वागत गरेका छन् ।

कार्यक्रममा एकीकृत समाजवादीका प्रदेश सदस्य जीतबहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, नेताहरू बलबहादुर विश्वकर्मा, शिवराज उपाध्यक्ष, सम्झना चौधरी लगायतका नेताहरू पनि एमालेमा फर्किएका छन् ।

एमाले शिवराज नगर कमिटीद्वारा आयोजित दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका  कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न नेकपा एमालेको एकता आवश्यक रहेको बताएका छन् । उनले अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नु पार्टीको सशक्तीकरण र देशको विकासको लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेको सशक्त संगठन बनाउन र जनताको सेवाका लागि प्रवेश गर्नेलाई धन्यवाद दिएका छन् ।

adb bank long