एनओसी र आईओसीबीच तीन बुँदे समझदारी, लोथरमा ९१,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड बनाउने

Telecom

काठमाडौ। नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच आज बिहीवार भारतको दिल्लीमा ३ वुँदे समझदारी भएको छ ।

सम्झौता अुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारा अमलेखगन्जको पाइपलाइनलाई चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह आईओसीले करिब १५ अर्ब अनुदानमा बनाइदिने भएको हो ।

सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्ट र आइओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन्।

तीन वटा परियोजना आईओसीले अनुदानमा बनाइदिने र चितवनको भण्डारण स्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ।

एनओसी र आईओसीबीच भएको तीन बुँदे सहमति :-
. भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने ।

२. नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने ।

३. चितवनको लोथरमा ९१,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने ।

पाइपलाइन अमलेखगन्जबाट चितवनसम्म ल्याएपछि दीर्घकालीन रूपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुन अपेक्षा गरिएको छ।

adb bank long