झापा । झापामा जंगली हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ ।
घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
अहिले मृतक गुरूङको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ ।
जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ ।