काठमाडौ । हिन्दुधर्माबलम्बीहरूको महान् चाड बडादशैँको अवसरमा आजदेखि सर्वोच्च अदालत १५ दिनका लागि बिदा हुने भएको छ । अदालत बिदा भएपनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने जनाइएको छ।
बन्दी प्रत्यक्षीकरण रिट निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्मको समयअदालत खुला रहने अदालत प्रशासनले जानकारी गराएको छ ।
सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।