काठमाडौ । यही असोज ११ र १२ गते परेको मुसलधारे बर्षासंगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म २ सय ३३ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन् । अन्य १ सय ६९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको बताएको छ ।
सोही प्राकृतिक प्रकोपले झण्डै १७ अर्ब बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि क्षतिको विवरण संकलनका क्रममै रहेकाले यो अझै बढ्न सक्ने बुझिएको छ।