काङ्ग्रेसले तोक्यो भातृसंगठनको महाधिवेशन गराउन केन्द्रीय निर्देशन समिति

काठमाडौ । नेपाली कांग्रेसले आफ्ना विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

केन्द्रीय कार्यसमितिको साउन २३ गतेको बैठकले २०८१ साल चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा महाधिवेशन गराउन निर्देशन गरेसंगै आज  कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन भन्दै केन्द्रीय निर्देशन समिति गठन गरेको हो ।

विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत गर्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम  भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति देहाय बमोजिम गठन गरेको छ ।

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री उमाकान्त चौधरी-संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल-सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला-सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’-संयोजक
२. केन्द्रीय सदस्य सरिता प्रसाई -सदस्य
३. केन्द्रीय सदस्य जीतजंग बस्नेत -सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री किशोर सिंह राठौर-संयोजक
२. केन्द्रीय सदस्य राजीव ढुंगाना-सदस्य
३. केन्द्रीय सदस्य प्रतिमा गौतम-सदस्य

adb bank long