काठमाडौ । गत शुक्रवार सर्बोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका २ जना न्यायाधीशका लागि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
मंगलबार समितिले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका नित्यानन्द पाण्डेका लागि उजुरी आह्वान गरेको हो।
न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ।