वुटबल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा बाटो भासिएपछि अबरूद्ध भएको सडक एकतर्फि रूपमा खुलेको छ ।
सडक भासिदा हिजो रातीदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिएका छन् ।
सो स्थानमा सडक माथिको पर्खाल भत्किएपछि हाइटेन्सन लाइन ढलेको थियो भने तीन मिटर सडक भासिएको थियो ।
अहिले सवारी साधनको दुवैतर्फ लामो लाम छ । पहिले यात्रुवाहक सवारीलाइ पहिलो प्राथमिकतामा दिएर गन्तव्यतर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ ।
ठेकेदार कम्पनी चाईना स्टेट कन्ट्रक्सनसँग समन्वय गरी गएराती बाटै काम सुरु गरी समयमै राजमार्ग सुचारु गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताएका छन् ।