बाढी,पहिरो र डुबान अपडेट : मृतकको संख्या २१७ पुग्यो, २८ बेपत्ता

काठमाडौ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको मुसलधारे बर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको संख्या २ सय १७ पुगेको छ भने २८ जना अझै बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता एबं सहसचिव ऋषिराम तिवारीले दिएको जानकारी अनुसार प्राकृतिक विपदमा परेर अहिलेसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना अझै बेपत्ता भएका छन् ।त्यसैगरी १ सय ४३ जना घाइते भएका छन्।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि तिवारीले बताए। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि उनले जानकारी दिए।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको तथा यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए।

सरकारले यही घटनालाई राष्ट्रिय शोक घोषणागरि आजदेखि दिन राष्ट्रिय झण्डा झुुकाउने निर्णय गरेको छ ।

adb bank long