दाउन्नेमा सडक भासिएपछि बुटवल-नारायणगढ सडक अबरूद्ध

वुटबल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा बाटो भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अबरूद्ध भएको छ ।

सडक भासिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

सडक अनुमानित डेढ फिट भासिएको छ। बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्सन पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको छ।

यसैबीच सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए।

सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेको हो। यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको छ।

adb bank long