प्रधानन्यायाधिश सिफारिस भएका राउत बिरूद्ध ६ वटा उजुरी

काठमाडौ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी दर्ता भएका छन् ।

प्रक्रियागत र व्यक्तिगत गरी उनीविरुद्ध ६ वटा उजुरी दर्ता भएका संसद् सचिवालयले जनाएको छ । उनी बिरूद्धका उजुरीको पोका आज खोलिने पनि सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि गत भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई सिफारिस गरेको थियो ।

सिफारिस भएसंगै राउतविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । असोज ३ को समितिको बैठकले १० दिनको समय दिएर राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको थियो ।

समितिमा ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधानन्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेको बताएको छ भने केही उजुरी प्रधानन्यायाधीश र राजदूतविरुद्ध संयुक्त छन् । संसदीय सुनुवाइ समितिको बैठक दिउसो १ बजेका लागि बोलाईएको पनि सचिवालयले जनाएको छ  ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यक्रम रहेको छ ।

adb bank long