बाढी, पहिरो र डुबान अपडेट : मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौ  । शुक्रबार र शनिबार परेको मुसलधारे वर्षासंगै आएको बाढी, पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ भने ३० जना अझै बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपद्‌मा  एक सय ९४ जना घाइते भएका छन् । बाढीपहिरोपछि खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालन भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी जनाको उद्धार गरिएको उनले बताए।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्‌कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले जानकारी दिए।

adb bank long