झ्याप्लेखोला अपडेट : थप ५ शव भेटिए, मृतकको संख्या ३५ पुग्यो (१३ जनाको सनाखत)

काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा थप ५ शव भेटिएको छ । योसंगै मृतकको संख्या ३५ पुगेको प्रहरीले जनाएको छ ।

यी ५ सहित आजै भेटिएका शवको संख्या २१ पुगेको छ। १४ शव र २ वटा गाडी हिजो शनिवार भेटिएका थिए ।

आज थप २ बस र २१ शव गरि दिउँसो १ बजेर ५५ मिनेट जाँदासम्म भेटिएका शवको संख्या ३५ पुगेको छ।

पछिल्लोपटक भेटिएका ५ शव पुरुषका भएको र गोरखाबाट आउदै गरेको बसका यात्रु भएको पुष्टि प्रहरीले गरेको छ ।

यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए भने आज बिहान गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रोबस सोही पहिरोमा पुरिएको अवस्थामा भेटिएका हुन्।
घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ।
भेटिएका शवमध्ये अहिलेसम्म १३ जनाको मात्र परिचय खुलेको छ।

पहिचान खुल्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ की सीता भट्टराई, उनका छोरा दीपेश भट्टराई र दीपिका भट्टराई छन्।
यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौँ पठाइएको छ।

सनाखत भएका धवहरू शनिबारै निकालिएका हुन् । आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा माइक्रो बसबाट ५ वटा र अर्को बसबाट ९ वटा गरी १४ जनाको शव निकालिएको थियो।

adb bank long