हतारहतार सर्वदलीय बैठक बोलाएका प्रचण्डले किन गरे स्थगित ?

काठमाडौ । शुक्रवारदेखि परेको अबिरल बर्षासंगै आएको बाढी, पहिरो र डुबानले सयौंको ज्यान लिएको र सयौं बेपत्ता रहेको विषम परिस्थितिबारे छलफलगर्न भनि प्रचण्डले आज बिहान १० बजेका लागि बोलाएको सर्वदलिय बैठक स्थगित भएको छ ।

प्रचण्डले नेपाल सरकारले पहल लिन ढिलाइ गरेको भन्दै उक्त बैठक आब्हान गरेको जिकिर गरेका थिए ।

तर आज अचानक सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको भन्दै प्रचण्डले बोलाएको बैठक स्थगित भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

यता आज दिउँसो १ बजे कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार पनि सिंहकै अध्यक्षतामा बैठकबसी बिपद्का बिषयमा केही ठोस निर्णयहरू भएका थिए ।

adb bank long