काठमाडौ । हाल देशभर मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा देखिएको छ।
जसको प्रभावले यतिबेला आइतबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।