काठमाडौ। शनिवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।
विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको सरकारका प्रबक्ता एबं सूचना तथा संचारमन्त्री पृथ्बीसुब्बा गुरूङले जानकारी दिएका छन् ।
कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ।
त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धित सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन्।