काठमाडौ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । यसका साथै बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवाका लागि सिफारिस समेत गरेको छ ।
आज शुक्रवार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधिशमा सिफारिस गरेको हो ।
हाल सर्वोच्चमा ४ जना न्यायाधीश रिक्त रहेको र निकट भविष्यमा दुई न्यायाधीश रिक्त हुने भए पनि अरू पद रिक्त राखेर उनीहरूलाई मात्रै सिफारिस गरिएको हो ।
यसैगरी बैठकले उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ भने उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई ओखलढुङ्गा इजलास सरुवा गरिएको छ ।
हेर्नुहोस् सिफारिस र सरूवाको सूचि :-