मुग्लिन । चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो र दूध बोक्ने ट्यांकर एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।
गएराति मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एकापसमा ठोक्किदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्।
दुर्घटनासंगै ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा घाइते भएकाहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।