विदेश गएका छोराछोरीलाई पार्टी काममा लगाउन महासचिवको निर्देशन

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् ।

गृहजिल्ला दाङको तुलसीपुरमा आइतवार भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने तथ्यप्रति सचेतसमेत गराएका छन्। ‘नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन् । विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस,’ महासचिव पोखरेलले भने ।

विदेशमा रहेका केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए।

एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाई जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने जानकारी पनि गराएका छन् ।

adb bank long