काठमाडौ । सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समितिले कारबाहीको लागि सिफारिस गरे लगत्तै आइतवार गोर्खा मिडिया प्रा. लि. का संचालक एबं रवि लामिछाने र जिबी राईका साझेदार पूर्व डीआईजी छबिलाल जोसी पक्राउ परेका छन् ।
जोसी पक्राउ परेसंगै सरकारले रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको बुझिएको छ । रवि लामिछानेले पक्राउको हल्लासंगै आइतवार मध्यरातमा सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।
उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि….।’
सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएपछि काठमाडौँको चःमतीस्थित पार्टी कार्यालयमा रविसहित रास्वपाका नेता कार्यकर्ता राति अबेरसम्म भेला भएका थिए।