काठमाडौ । आज असोज ४ गते उमेद्वार मनोनयन दर्ता गर्ने गरि कार्यतालिका घोषणा भएको पत्रकार महासंघको चुनाव अनिश्चितकालको लागि स्थगित भएको छ ।
सदस्यता विवादको किचलोमा फसेको महासंघको निर्वाचनको पटकपटक मिति घोषणा गर्दै आएको महासंघले पछिल्लोपटक यही असोज १२ गते निर्वाचन गर्ने तयारीसहितको कार्यतालिका सार्वजनिक गरेको थियो।
तर ५३ जिल्ला शाखाका अध्यक्षले सदस्यताको बिषयमा असन्तुष्टि जनाएपछि १२ गतेको चुनाव स्थगीत गरेको बुझिएको छ ।
महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सूचना जारी गर्दै असोज ४ गते तोकिएको उम्मेदवारको मनोनयन दर्ता लगायतका सबै कार्य हाललाई स्थगित गरिएको जनाएका छन्।