काठमाडौ । मन्त्रीपरिषदको बुधवार बसेको बैठकले चार जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
जस अनुसार वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ ।
यसै गरी उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ । बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ भने केही सह सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।