कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रम सम्बन्धी प्रतिवेदन

काठमाडौ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनका लागि गठन भएको कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझाएको छ ।

गत भदौ २३ गते कांग्रेस-एमाले नेतृत्वको सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र बिष्णु रिमाल साथै कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत सम्मिलित ४ सदस्यीय कार्यदल गठन भएको थियो ।

गत असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच सत्तासहकार्य गर्ने सहमति भएको थियो। सोही सहमती बमोजिम असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो। सरकार गठन भएको २ महिना बितिसक्दा समेत सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन।

अब कार्यदलले प्रतिबेदन बुझाएसंगै सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने बुझिएको छ ।

adb bank long