झण्डै २ महिनादेखि बन्द मनकामना केबलकार आजदेखि नयाँ प्रबिधिबाट संचालनमा

चितवन । झण्डै दुई महिना मर्मत तथा स्तरोन्नतिका लागि बन्द रहेको मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ।

बिगत २६ बर्षदेखि ‘ एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार अब भने ‘डिजिटल’ प्रविधिमा रुपान्तरण भएको छ । यसका साथै स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेरिएको छ । यिनै कामका लागि असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको बताइएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

adb bank long