बालेनका प्रिय परियारसहित ४० सहसचिवको एकैसाथ सरूवा (सूचीसहित)

काठमाडौ । सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । जसमा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का प्रिय मानिने प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियार पनि सरूवा भएका छन् ।

स्रोतका अनुसार बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि सूचीलाई अन्तिम रूप दिन नसक्दा ढिलो गरी आइतवार मात्रै निर्णय सार्वजनिक भएको हो ।

जस अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोजप्रसाद गुरागाईं आएका छन् ।

राजीव पोखरेललाई मधेशको उद्योग वाणिज्य मन्त्रालयबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइएको छ । यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा पठाइएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको  छ ।

यस्तो छ सूची :-

adb bank long